बोट रेसमा स्विमिङपुलघाट विजयी

पाेखरा | पुस १४, २०८०

बोट रेसमा स्विमिङपुलघाट विजयी

पोखरा:    रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शनिबार बिहान फेवातालमा भएको खुल्ला डुङ्गा दौड प्रतियोगितामा स्विमङपुल घाट ‘ए’ ले प्रथम, गौरीघाट द्धितिय तथा बाराहीघाट तृतीय भए । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजार सहित प्रमाणपत्र पुरस्करा प्राप्त गरे ।


विजयी टोलीलाई रेवान पोखराका पूर्वाध्यक्ष गणेशबहादुर भट्टराई, पोमनपा वडा नम्बर ६ का पूर्व वडा सदस्य हरि पहारी, कार्यक्रम संयोजक बिरेन्द्र लामा लगायतले पुरस्कार वितरण गरेका थिए । त्यसअघि भएको संस्थागततर्फको प्रतियोगितामा टान गण्डकी प्रथम, रेवान पोखरा द्वितिय तथा नेपाल टुरिजम भ्यान एशोसिएसनले तृतीय स्थान हाँसिल गरेका थिए ।


सडक महोत्सवमै भएको वेटर रेसमा बेन्जन रेष्टुरेण्टका रेशमबहादुर अर्याल प्रथम, चिल्ली बारका सुनिल गुरुङ्ग द्धितिय तथा बेन्जनकै सौरभ ठकुरी तृतीय भए । उनीहरुले क्रमश नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । वेट्रेसफर्त बेन्जनकी मोनिका नेपाली प्रथम, बेन्जनकै माया घले द्धितिय तथा बेलिफका रश्मी तिवारी तृतीय भइन् । उनीहरुले नगद ७ हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । विजेतालाई प्रायोजक कोकाकोला कम्पनीका प्रतिनिधी, रेवान पोखराका पूर्वाध्क्ष बलराम पहारी लगायले पुरस्कृत गरे ।


मःम खाने प्रतियोगितामा पुरुषतर्फ प्रकास गुरुङ्ग प्रथम, गोबिन गाहा द्धितिय तथा खगेन्द्र अर्याल तृतीय भए । महिलातर्पm मिसु पुन प्रथम, सीता नेपाली द्धितिय तथा विष्णु थापा मगर तृतीय भए । उनीहरुलाई रेवान पोखराका पूर्वाध्यक्ष भिमसेन भुजेल, महोत्सव संयोजक विश्वराज पौडेल लगायतले विशेष पुरस्कार प्रदान गरे ।

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्